आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
द नेपाल मिडिया
२६ चैत्र २०७७, बिहीबार १४:२७
२६ चैत, रौतहट । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आज बिहान बाँनियाले आफ्नै ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेका थिए ।
हत्या गरेको खबर प्राप्त हुन साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बाँनियालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।