९५ लाखको सुटकेश चोरी गरी फरार भएको आरोपी पक्राउ

   २६ चैत्र २०७७, बिहीबार १३:२०  

२६ चैत, रौतहट । ९५ लाखको सुटकेश चोरी गरेको आरोपमा प्रहरीले ललितपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, सुनसरीका महेश अधिकारी, रामेछापका प्रदिप गौतम, धनकुटाका दिपक खड्का र नविन अधिकारी रहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका २८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ गते नै चोरी गरी फरार भएका थिए ।

चोरीमा संलग्न आरोपीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले बताए ।