नेपालमा थपिए ३३९ संक्रमित

   २५ चैत्र २०७७, बुधबार १७:१४  

२५ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ । जसमध्ये हाल नेपालमा २ हजार २ सय १ जना उपचाररत संक्रमित रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा थप७४ जनाले कोरोना सिजतेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाए ।