जबरजस्ती करणी गर्ने आरोपी पक्राउ
द नेपाल मिडिया
२५ चैत्र २०७७, बुधबार १३:२९
२५ चैत, रौतहट । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलाहा बस्ने २८ वर्षीय रतन गिरीलाई मंगलवार साँझ नै प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका गिरीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।