ट्रक दुर्घटना हुँदा एक जना घटनास्थलमै मृत्यु, एकको अवस्था गम्भीर
द नेपाल मिडिया
२४ चैत्र २०७७, मंगलवार १४:०८
२४ चैत, रौतहट । भोजपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भोजपुरको अरुण गाउँपालिकामा वडा नम्बर ४ छेम्ताङमा सोमबार बेलुकी नै ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ बस्ने ४३ वर्षीय भेषबहादुर बस्नेतको मृत्यु भएको हो ।
बेलुका ६ बजे धरानबाट भोजपुर जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँभित्तामा ठोक्किएको थियो । ट्रक चालक भोजपुर अरुण गाउँपालिका ६ जरायोटार निवासी २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीले जानकारी दिए ।
घाइते खड्काको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।