चेरीको मूर्तिसहित आरोपी प्रहरी नियन्त्रणमा

   २४ चैत्र २०७७, मंगलवार १२:१९  

२४ चैत, रौतहट । १६ थान मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मूर्तिसहित पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भई हाल ललितपुर १२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार रहेको प्रहरीले जनाएको छ ।

चैत १३ गते राति ललितपुर १६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट सुनारले १६ वटा मूर्ति चोरी गरी फरार भएका थिए । मूर्ति चोरी गरी फरार भएका उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । महर्जनका अनुसार चोरी भएका सबै मूर्तिहरु बरामद भएको हो ।

जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थपेर पक्राउ परेका सुनारलाई हिरासदमा रखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।