नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारी पक्राउ
द नेपाल मिडिया
२३ चैत्र २०७७, सोमबार १६:२१
२३ चैत, रौतहट । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारी पक्राउ परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
८४ वर्षीया वृद्धले उजुरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिएको सिंहले बताए । प्रहरीका अनुसार उनलाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरिएको छ ।
सुष्माले आफ्नी आमाको तीन करोड बढी सम्पत्ति लिएर हेरचाह नगरेको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी सुक्ष्मालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।