नेपाल पत्रकार महासघंकाे निर्वाचनका लागि ४० जनाले दिए उम्मेदवारी
द नेपाल मिडिया
२२ चैत्र २०७७, आईतवार २१:०३
२२ चैत, राैतहट । नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे निर्वाचनका लागि आज(आइतबार) कुल ४० जना उम्मेदवारले आफ्नाे नाम दर्ता गराएका छन् ।
मनाेनयनकाे क्रममा अध्यक्ष पदमा ८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी कै क्रममा ३ जना उपाध्यक्ष पदमा ,१ जना खुल्ला तर्फ र २ जना महिला उम्मेदवार रहेका छन् ।
त्यस्तै ४ जना सचिव लगायत अन्य ४ जना सह-सचिवका उम्मेदवार निर्वाचित हुनु भएकाे छ ।
त्यस्तै काेषाध्यक्ष पदमा २ जना, जनजाति सदस्यमा १ जना,अपाङ्ग सदस्यमा १ जना,मधेशी सदस्यमा १ जना,दलित सदस्यमा २ जना,महिला सदस्यमा २ जना,खुल्ला सदस्यमा २, राष्ट्रिय परिषद सदस्यमा ४ जना, प्रदेश परिषद सदस्यमा ४ जना गरि कुल ४० जना उम्मेदवारहरुकाे मनाेनयन दर्ता भएकाे छ ।
नेपाल पत्रकार महासंघ राैतहट शाखाको निर्वाचन चैत २५ गते हुनेछ ।