चन्द्रागिरीबाट लागुऔषधसहित २ जना पक्राउ

   २२ चैत्र २०७७, आईतवार ११:१५  

२२ चैत, रौतहट । चन्द्रागिरीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय अमित कुमार चौरासिया र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ बस्ने १९ वर्षीय आजाद अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विरगञ्जबाट काठमाडौँ आउँदै गरेको न. ७ ख ५३४६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको डाईजेपाम लेखिएको ६ सय एम्पल, फेनारगन ६ सय एम्पल र नुफिन लेखिएको ५सय एम्पलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।