माग पश्चात् क्रियाशिल पत्रकारहरुले गरे आन्दोलन स्थगित

   २१ चैत्र २०७७, शनिबार १४:५५  

२१ चैत, रौतहट । नेपाल पत्रकार महासंघमा चलिरहेको क्रियाशिल पत्रकार समुहको आन्दोलन माग सम्बोधन पश्चात् शनिबार स्थगित भएको छ ।

नेपाल पत्रकार महासंघका तिनै तहका निर्वाचनको मिति र नामावली सार्वजनिक भएपछि, रौतहटको सदरमुकाम गौरमा बर्षौ देखि क्रियाशिल पत्रकारहरुको नेपाल पत्रकार महासंघ रौतहट शाखाले सिफारिस नगरेकोले क्रियाशिल पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए ।

क्रियाशिल पत्रकार समुहको १२ औं दिनको आन्दोलन पछि नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी र क्रियाशिल पत्रकारहरु बिच आज वार्ता पश्चात् आन्दोलन स्थगित भएको हो ।

लिखित सम्झौता पश्चात् धारणाको कार्यक्रम स्थगित गरि क्रियाशिल पत्रकारहरुले पनि यही चैत २५ गते हुन लागेको चुनावमा पुर्ण सहयोग गर्ने चंचल झाले जानकारी दिएका छन् । चुनावपछि निर्वाचित पदाधिकारीले सो माग सम्बोधन नगरेपछि, कानुनी उपचार गर्ने समेत झाले बताए ।

झाले दिएका जानकारी अनुसार क्रियाशिल पत्रकारहरुबिच सपथ ग्रहणको एक हप्ता भित्र बोर्ड सदस्यको बैठक बोलाई क्रियाशिल पत्रकारलाई सदस्यता सिफारिस गर्ने, नगरे आन्दोलनरत पत्रकार समूह उग्र बाटो अपनाउने र यस्को सम्पुर्ण जिम्मेवारी पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीहरुले लिने सर्तमा आन्दोलन स्थगित गरिएको चंचल झाले बताए ।