शुक्रबार थप १७९ जनामा कोरोना पुष्टि, १११ संक्रमणमुक्त

   २० चैत्र २०७७, शुक्रबार १६:५७  

२० चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा १ हजार ६ सय ४७ जना उपचाररत कोरोना संक्रमित रहेका हुन् ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय ११ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ ।

त्यसैगरी, कोरोना संक्रमणका कारण आज कसैको पनि मृत्यु भएको छैन् । तर, नेपालमा हालसम्म ३ हजार ३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।