चोरी गरेको आरोपमा बर्दियाबाट ८ जना पक्राउ
२० चैत, रौतहट । चोरी गरेको आरोपमा बर्दियाबाट ८ जनालाई पहरीले पक्राउ गरेको छ । बर्दियामा वडा कार्यालयमा चोरी गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ बालक र अन्य ५ जना रहेको प्रहरीले जानकारी दिए ।
जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार नै उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरूलाई हिरासदमा राखी यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।