बस दुर्घटना हुँदा १५ जना घाइते

   २० चैत्र २०७७, शुक्रबार १२:११  

२० चैत, रौतहट । सङ्खुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका वडा नम्बर ४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएको खबर प्राप्त हुन साथै इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी घटनास्थलमा पुगेको हो । सुरक्षाकर्मीहरुको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको थियो ।