धनुषमा खेतमा काम गर्न गएका व्यक्ति मृत अवस्थामा भेटिए

   २० चैत्र २०७७, शुक्रबार ११:४५  

२० चैत, रौतहट । धनुषमा खेतमा काम गर्न गएका व्यक्ति मृत अवस्थामा भेटिएको छ ।

जिल्लाको औरही गाउँपालिका वडा नमबर ३ का ४० वर्षीय विजय मण्डल बिहीबार बिहान खेतमा काम गर्ने गएका थिए ।

बिहानै काम गर्ने निस्किएका मण्डल राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी मृृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

३ स्थित खेतमा काम गर्न गएका मृतकको घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए ।

पोष्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरीले जनाए । पोष्टमार्टमको रिपोर्ट आएपछि, नै यसबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।