भन्सार छली गरी नेपाल भित्र्याईएका सामान वेवारीसे अवस्थामा फेला
१९ चैत, राैतहट । भन्सार छली गरी नेपाल तर्फ भित्र्याइ ल्याएको सर-सामान प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन ।
मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी गस्ती टोलीले एक लाख छतीस हजार नौ सय सत्री बराबरको जेन्स कुर्ता, विवाह कार्ड, ई.एम.बी. साडी, अनरेसा साडी, लेडिज फ्राक, चुनरी, कुर्ता सुरुवाल लगायतका अन्य सर-सामानहरु वेवारीसे अवस्थामा फेला पारेका छन् ।
फेला पारेका समानहरुलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।