ट्याक्टरले च्यापेर डेढ वर्षीय बालकको मृत्यु
द नेपाल मिडिया
१९ चैत्र २०७७, बिहीबार १४:३७
१९ चैत, रौतहट । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको थापाले जनाए ।