पर्साबाट २६ किलो गाँजा बरामद

   १९ चैत्र २०७७, बिहीबार १४:०४  

१९ चैत, रौतहट । पर्साबाट २६ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट २६ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

पटेर्वासुगौली वडा नम्बर २ अखवा टोल बस्ने रामेश्वर पञ्जियारको घरबाट प्रहरीले बुधबार अपरान्ह नै गाँजा बरामद गरेको थियो ।

पञ्जियारको घरबाट जुटको बोराभित्र दुईवटा हरियो प्लाष्टिकको डब्बामा राखिएको अवस्थामा २६ किलो ५ सय ग्राम गाँजा, गाँजा च्याप्ने मेसिन १ थान, २ सय ग्राम, १ सय ग्रामको र ५० ग्रामको ढक १र१ थान र तराजु १ थान बरामद भएको प्रहरीले बताए ।

प्रहरीका अनुसार पंजियार फरार भएको छ । फरार रहेका पंजियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।