अज्ञात व्यक्तिको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते

   १९ चैत्र २०७७, बिहीबार १०:५०  

१९ चैत, रौतहट । अज्ञात व्यक्तिको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने रोशन कोइराला घाइते भएका प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार बुधबार साँझ औरही नगरपालिका वडा नम्बर ४ स्थित सेरामा कोइरालामाथि गोली प्रहार गरिएको थियो ।

घाइते कोइरालालाई बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि, थप उपचारका लागि उनलाई काठमाडौँ पठाइएको आचार्यले बताए ।

गोली प्रहार गर्ने व्यक्तिको हाल पहिचान हुन् सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।