नेपालमा थपिए १६२ संक्रमित, ५९ कोरोनामुक्त
१८ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसँगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप ५९ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।
त्यसैगरी, कोरोनाका कारण नेपालमा आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । तर, हालसम्म देशभर संक्रमणबाट ३ हजार ३० जनाको मृत्यु भइसकेको छ ।