बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट एक जना पक्राउ
द नेपाल मिडिया
१८ चैत्र २०७७, बुधबार १५:४८
१८ चैत, रौतहट । कञ्चनपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्ती का ४० वर्षीय जग्गु चौधरीलाई मंगलवार राति नै प्रहरीले पक्राउ गरेको थियो ।
जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका आरोपीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।