ज्याकलिन पाँचवटा फिल्ममा अनुबन्धित

   १८ चैत्र २०७७, बुधबार १४:०७  

१८ चैत, रौतहट ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू एकपछि अर्को गर्दै पाँचवटा फिल्ममा अनुबन्धित भएको बताएकी छन् ।

यतिबेला उनी बलिउड फिल्म राम सेतुको छायांकनमा छन् । गत सातासम्म फिल्म बच्चन पान्डेको सुटिङमा व्यस्त रहेकी उनी सो फिल्मको छायांकन नसकिँदै अर्को फिल्म राम सेतुमा अनुबन्धित भएकी छन् । राम सेतुको छायांकन अयोध्याबाट सुरु गरिएको छ ।

यो फिल्मको छायांकनमा उनी केही दिन मात्र रहने छन् । त्यसपछि बाँकी रहेको बोल बच्चनको छायांकन सक्नेछिन् । कोरोना भाइरसको बिगबिगीका कारण सबै निर्माता चाँडोभन्दा चाँडो फिल्म सक्ने पक्षमा रहेकाले एकै सिफ्टा आफूले दुईवटा फिल्मको काम यतिबेला गर्नुपरेको अभिनेत्री ज्याकलिनले बताएकी छन् ।

अभिनेता अक्षयकुमारले ज्याकलिनलाई दबाब नहुनेगरी राम सेतुको छायांकनको सेड्युल मिलाएका छन् । जसका कारण आफूले एकै समयमा दुईवटा फिल्ममा काम गर्न सकेको यी अभिनेत्रीको कथन छ । एजेन्सी