आज थप १६७ जनामा कोरोना पुष्टि
१७ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ६७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै हालसम्म देशभर संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप १ सय १५ जना कोरोनामुक्त भएका छन् । यससंगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ ।
त्यसैगरी, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ३० मन्त्रालयले जनाएको छ ।