कैलालीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु
द नेपाल मिडिया
१७ चैत्र २०७७, मंगलवार १५:४९
१७ चैत, रौतहत । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १४ बस्ने १५ वर्षीय आयुस चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिए । सोही नगरपालिका वडा नम्बर ८ वनगाउँस्थित कर्णाली नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, कैलालीकै बर्दगोरीया गाउँपालिका वडा नम्बर ५ भुरुवा बस्ने लालसिंह कठरियाका ९ वर्षीय छोरा कैलाश कठरियाको पनि नुहाउँने क्रममा डुबेर मृत्यु भएको छ ।
कठरियाको सोही गाउँपालिका वडा नम्बर ४ स्थित काडा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।