ट्याक्टरबाट झर्दा एक जनाको मृत्यु
द नेपाल मिडिया
१५ चैत्र २०७७, आईतवार ११:५२
१५ चैत, रौतहट । उदयपुरमा ट्याक्टरबाट झर्दा एक जनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ मा ट्याक्टरले किचेर चौदण्डीगढी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
शनिबार गएराति करिब ९ः४५ बजेतिर स्व। मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरमा सवारमा सवार लामगादे अचानक झर्दा छ्याक्टरको पछाडिको टायरले किचेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते लामगादेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमै उनका मृत्यु भएको प्रहरीले जनाएको छ ।