स्कुटर दुर्घटना हुँदा एकै परिवारका तीनको मृत्यु
१५ चैत, रौतहट । स्कुटर दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर ६ गीतानगर का ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, मोहनकी १७ वर्षीया छोरी विनिसा अधिकारी र चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको हो ।
जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २२ पकौडी बजारमा शनिबार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नं को यात्रुबाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना४०प ७०८२ नं को स्कुटर सापसमा ठोक्किँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जनाएका हुन् ।
दुर्घटनामा परी मृत्यु भएको तीनै जनाको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको प्रहरीले जानकारी दिए । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।