हत्या गरेको आरोपमा दुईजना पक्राउ
१३ चैत, रौतहट । सर्लाहीमा टाउको काटेर हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मलङ्गवा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय कमल पण्डित भन्ने विमलकान्त पाठक र एक भारतीय नागरिक ४० वर्षीय अशोक झालाई हत्या आरोपमा पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जनाएका छन् ।
राठौरका अनुसार बुधवार रातीदेखि नै बेपत्ता भएका मलंगवा नगरपालिका वडा नम्बर १० निवासी ३० वर्षीय सुशील रायको टाउको काटेको अवस्थामा हिजो (बिहीबार) वडा नम्बर ९ स्थित खेतमा शव भेटिएको थियो । टाउको नभएको अवस्थामा शव फेला परेको घटनाबारे थप अनुसन्धान गर्दा बिहीबार साँझ नै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जानकारी दिए ।
अनुसन्धानमा मृतक र आरोपित तीनै जना लागूऔषध सेवनकर्ता रहेका खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसनधान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।