ट्रकको ठक्करबाट असइको घटनास्थलमै मृत्यु

   १३ चैत्र २०७७, शुक्रबार ११:३१  

१३ चैत, रौतहट । धनुषमा ट्रकको ठक्करबाट आज बिहान एक जना प्रहरी सहायक निरीक्षक (असइ)को घटनास्थलमै मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट शुक्रबार बिहानै मृत्यु हुनेमा असइ मदनजङ्ग कापर रहेका प्रहरीले जनाएको छ ।

लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका वडा नमबर १० स्थित लालगढमा ट्रकले ठक्कर दिए लगत्तै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए ।

ठक्कर दिएर चालक फरार भएपछि, ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कापरको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।