नेपालमा थप १२० जनामा कोरोना पुष्टि
१२ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार २ सय १७ संक्रमित उपचाररत रहेका हुन् ।
त्यस्तै, बितेको २४ घण्टामा थप ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । ययसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, हालसम्म नेपालमा संक्रमणबाट ३ हजार २० जनाको मृत्यु भइसकेको छ ।