सर्लाहीमा टाउको नभएको अवस्थामा शव फेला

   १२ चैत्र २०७७, बिहीबार १३:२५  

१२ चैत, रौतहट । सर्लाहीमा टाउको नभएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

जिल्लाको सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृकका रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।

रायको शरीर भन्दाँ ६० मिटरको दूरीमा टाउको फालिएको अवस्थामा भेटिएको कुँवरले बताए ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।