कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

   १२ चैत्र २०७७, बिहीबार १३:००  

१२ चैत, रौतहट । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ४ उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही स्थानका २५ वर्षीय विक्रम विक रहेका प्रहरीले जनाए ।

उनीहरूलाई जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । से ६ प ७८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेर चेक जाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनीहरूको साथबाट ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।