थप १४५ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

   ११ चैत्र २०७७, बुधबार १७:०८  

 

११ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप ९० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको मन्बालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ, भने हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।