स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थमै मृत्यु

   ११ चैत्र २०७७, बुधबार १५:०९  

११ चैत, रौतहट । सप्तरीमा स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कन्चंरूप नगरपालिका वडा नम्बर ५ पिपरापुर घर भएका देव कुमार चौधरी रहेका प्रहरीले जनाएको छ ।

कंकालिनी मन्दिरमा भोज खाएर फर्किने क्रममा पश्चिम तर्फबाट पुर्वतिर तिब्र गतिमा आएको स्कार्पियोको ठक्करबाट को.३३ प ७७१६ नम्बरको मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार ठक्कर दिने स्कार्पियोको नंम्बर खुल्न नसकेको छैनन् । चौधरीको शव पोष्टमार्टमका लागी अस्पतालमा राखिएको छ । ठक्कर दिने स्कार्पियोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।