पर्सा प्रहरीको आग्रह होलीमा सार्वजनिक कार्यक्रम नगर्ने
द नेपाल मिडिया
११ चैत्र २०७७, बुधबार १३:४३
११ चैत, रौतहट । जिल्ला प्रहरी कार्यालय पर्साले होलीमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ ।
विज्ञप्ति मार्फत पर्सा प्रहरीले घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो ।
यही चैत १६ गते तराईका जिल्लामा होलीको पर्व मनाईदैँ छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने पर्साका डिएसपी ओमप्रकाश खनालले बताए ।
‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिक जिम्मेवारी नभुलौँ’ समेत विज्ञप्तिमा उल्लखे गरिएको छ ।