आमिर खानलाई कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
११ चैत्र २०७७, बुधबार १३:०६
११ चैत, रौतहट ।
बलिउड अभिनेता आमिर खानलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएपछि ‘लाल सिंह चड्डा’ आमिर खानले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।
बलिउड लाइफमा प्रकाशित समाचार अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।
आमिरले स्वास्थ्य लाभ गरेपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ पुरा गर्नेछन् ।
बलिउडमा पछिल्लोपटक रणवीर कपूर, सञ्जय लीला भन्साली, मनोज वाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ । एजेन्सी