रौतहटमा अवैध समानहरु बरामद
द नेपाल मिडिया
१० चैत्र २०७७, मंगलवार १३:३९
१० चैत, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको सामानहरु रौतहट प्रहरीले बरामद गरेको छ ।
जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ झांझपुल सडक किनारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको हो ।
यही चैत ८ गते प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त सामानलाई कसैले पनि दाबी गर्न नआएकोले बेवारिसे अवस्थामा सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बच्चाहरुको रेडिमेड कपडा र लेडिज सल लगायतको कपडाहरु बरामद भएको छ । बरामद भएको सामानहरुको मूल्य करिब १ लाख ४ हजार ३ सय ५० रुपैयाँ बराबर रहेको प्रहरीले जानकारी दिए ।
बेवारिसे अवस्थामा बरामद भएको सामाहरुलाई आवश्यक कायवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।