सर्लाहीमा बम बिस्फोट हुँदा एक महिला गम्भीर घाइते

   १० चैत्र २०७७, मंगलवार १२:२५  

 

१० चैत, रौतहट । सर्लाहीमा बम बिस्फोट हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको रामनगर गाउँपालिका खएर्वा गाउँ नजिकै भएको बम बिस्फोटमा परी रौतहट माधवनारायण नगरपालिका वडा नम्बर ८ की ३५ वर्षीया सुनिता देवी सहनी गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

दुई महिलासंगै घाँस काट्न गएकी सुनिता गम्भीर घाइते भएकी छन्, भने अन्य दुई महिला सामान्य घाइते भएकी प्रहरीले जानकारी दिए ।

सुतली बमको विस्फोटमा परेर घाइते भएकी सहनीलाई गैर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी उनलाई वीरगञ्ज नेशनल अस्पताल पठाइएको प्रहरीले जनाए ।

यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।