बस र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्य, एक घाईते

   १० चैत्र २०७७, मंगलवार १२:०७  

१० चैत, रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमति डाँडाटोल का ३४ वर्षीय कुमार लुङगेली रहेका प्रहरीले जनाएको छ ।

आइतबार गएराति करिब १०ः२५ बजेको समयमा पुर्व पश्चिम राजमार्गको बगमति बजारमा पश्चिमबाट पुर्वतर्फ जादैँ गरेको ग.१ ख-६४४७ नम्बरको बसले बिपरित दिशाबाट आउदँै गरेको प्रदेश नम्बर २-०३-०११ प-७८७९ को मोटरसाईकललाई ठक्कर दिदाँ लुङगेली गम्भीर घाइते भएको थियो ।

घाइते भएको लुङगेलीलाई उपचारका लागी चन्द्रपुर प्रा.लि. अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय जय बहादुर दर्लामीलाई उपचारका लागी विरगंज अस्पतालमा भर्ना गरिएको थियो । दर्लामीको उपचार सो अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागी सोमबार दिउँसो करिब ४ः५ बजेतिर काठमाण्डौ रेफर गरिएको प्रहरीले जानकारी दिए ।

ठक्कर दिने बस र चालक जिल्ला सुनसरी बराह नगरपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय युवराज आचार्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई हिरासदमा राखी यसबारे थप अनुसनधान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।