चन्द्रपुरमा एक पुरुषको शव फेला

   १० चैत्र २०७७, मंगलवार १०:५५  

१० चैत, रौतहट । रौतहटमा एक जनाको शव फेला परेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित डाँडा टोलमा एक जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो २ बजेतिर नै शव फेला परेको खबर प्राप्त हुन साथै ईलाका प्रहरी कार्यालय, चन्द्रपुरबाट प्र.नि. चन्द्रभुषण यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार हाल मृतकको पहिचान हुन सकेको छैन् । विगत केही महिना देखि चन्द्रपुर नगरपालिकामा नै मागी खाई हिडने मृतक पुरुषको मानसिक सन्तुलन ठिक नभएको समेत प्रहरीले जानकारी दिए ।

कुहिएको अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमको लागी सरकारी अस्पताल चन्द्रपुरका राखीएको प्रहरीले जनाएको छ ।