बुबा छोराको बक्स अफिस भिडन्त हुँदै
९ चैत,
बलिउडमा पहिलो पटक बच्चन बुबाछोराको बक्स अफिस भिडन्त हुने भएको छ । यी दुबै अभिनेताको चलचित्र एकै हप्ताभित्र रिलिज हुने भएको छ ।
बलिउड हंगामाका अनुसार अभिनेता अभिषेकको चलचित्र ‘बीग बुल’ अप्रिल ८ मा डिजिटल प्लेटफर्ममा र अमिताभको ‘चेहरे’ अप्रिल ९ मा भारतका चलचित्र हलमा एकैपटक रिलिज हुँदैछ ।
दुबैका चलचित्र भिन्न–भिन्न प्लेटमर्फममा आउने भए पनि दर्शक एउटै भएको अभिषेकको बुझाइ छ । यसका साथै यी दुबै चलचित्रको जनरा फरक–फरक भएको पनि उनको दावी छ ।
यी दुबै चलचित्र निर्माण आनन्द पाण्डेले गरेका हुन् । उनी यी दुबै चलचित्र एकै हप्तामा आउन लागेकोमा आफूलाई भाग्यशाली ठान्छन् । एजेन्सी