लालबन्दीमा लागूऔषधसहित ३ जना पक्राउ

   ९ चैत्र २०७७, सोमबार ११:३०  

९ चैत, रौतहट । सर्लाहीबाट लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, वडानम्बर १४ का ४१ वर्षीय पाल्साङ पाख्रिङ र ४० वर्षीय सुरेन्द्र कुमार बल रहेका प्रहरीले जनाए ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

ज१ह ६०९ नम्बरको अटोमा सवार उनीहरुलाई चेक जाँच गर्दा १५ किलो गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।

कुँवरका अनुसार तीनवटा जेब्रा झोलाभित्र राखिएको लागूऔषध गाँजासहित पक्राउ परेका बलको साथबाट २५ हजार नगदसमेत बरामद भएको छ ।

गाँजासहित पक्राउ परेका तीनै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोलाई पनि नियन्त्रणमा राखिएको छ ।