रौतहटमा १२ किलो गाँजासहित एक जना पक्राउ

   ९ चैत्र २०७७, सोमबार १०:४२  

९ चैत, रौतहट । रौतहटमा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलीया का ४४ वर्षीय झिङ्गुर भन्ने हरी किशोर सहनीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सहनीको गोठघरको वरीपरी चेकजाँच गर्दा गोठघर नजिकै रहेको ट्वाईलेटमा प्लाष्टिकको सेतो रंगको बोरा राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले बताए ।

प्रहरीका अनुसार बरामद भएको १२ किलो ५०० ग्राम लागूऔषध गाँजासहित उनलाई शनिवार गए राति करिब १०ः०० बजेतिर नै नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदाततबाट ५ दिनको म्याद थप गरी पक्राउ परेका सहनीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।