बारामा सवारी दुर्घटना हुँदा रौतहटका एक बालिकाको मृत्यु, बुवा घाइते

   ८ चैत्र २०७७, आईतवार १५:५९  

८ चैत, रौतहट । बारामा सवारी दुर्घटना हुँदा सात वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ८ बस्ने अजय यादवका ७ वर्षीया छोरी आकृति यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति आदर्श कोतवाल गाउँपालिका ४ ईनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको ना ८ ख ३४५६ नम्बरको टिपरले बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार दुर्घटनामा परी छोरीको मृत्यु भएको छ, भने बुवा घाइते भएका छन् ।

बालिकाको शव पोष्टमार्टमका लागी कलैया अस्पतालमा राखिएको छ, भने घाइते भएका यादवको कलैया अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मिश्रले बताए ।