सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
द नेपाल मिडिया
८ चैत्र २०७७, आईतवार १४:११
८ चैत, रौतहट । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा.७० प.६२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ स्थित दुधडेरी चौकबाट रामपुर चौक तर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर लड्दा ३८ वर्षीय दिलबहादुर थापा मगर गमभीर घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनाएका हुन् ।
गम्भीर घाइते भएका मगरलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटामा नै उनका मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।