बाँकेमा उपचाररत संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
८ चैत्र २०७७, आईतवार १३:१७
८ चैत, रौतहट । बाँकेमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नमबर २१ पुरैना बस्ने ६९ वर्षीया वृद्ध महिला रहेकी बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जनाए ।
स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि, उपचारका लागी उनलाई भेरी अस्पतालमा भर्ना गरीएको थियो ।
अस्पतालमा उपचारकै क्रममा आज बिहान करिब २ः३८ बजेतिर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
यससंगै हालसम्म बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ५६ पुगेको छ ।