कञ्चनपुरबाट लागुऔषधसहित पाँच जना प्रहरी नियन्त्रणमा
द नेपाल मिडिया
८ चैत्र २०७७, आईतवार १२:२३
८ चैत, रौतहट । कञ्चनपुरमा लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० दैजी बजारबाट लागूऔषधसहित २० वर्षीय उमेश डंगौरा, २० वर्षीय सुरज राना, बेदकोट वडा नम्बर १० बस्ने २२ वर्षीय सुनिल साहु, २२ वर्षीय रामचन्द्र राना र २४ वर्षीय हेमन्त धामीलाई नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जनाएका हुन् ।
गोप्य सूचनाका आधारमा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई बिक्री वितरणको लागि पोका बनाइरहेको अवस्थामा शनिबार नै पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट लागुऔषध चरेश १.२४ ग्राम, ब्राउन सुगर, ८.४५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।