हात्तीको आक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

   ८ चैत्र २०७७, आईतवार ११:३१  

८ चैत, रौतहट । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेलको हात्तीको आक्रमणबाट घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ४ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएकी छन् ।

प्रहरीका अनुसार हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको थियो ।