बालिका बलात्कार गर्ने आरोपी पक्राउ

   ६ चैत्र २०७७, शुक्रबार १५:५६  

६ चैत, रौतहट । भक्तपुरमा एक बालिकालाई बलात्कार गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल बस्ने सिन्धुली घर भएका २० वर्षीय गणेश बोगटी रहेको प्रहरीले जनाएको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बोगटीलाई बिहीबार नै नियन्त्रणमा लिएको थियो । आरोपी बोगटीले गत फागुन १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीवार प्राप्त हुनासाथ महानगरीय वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।