वृन्दावनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको अवस्था गम्भीर
६ चैत, रौतहट । रौतहटको धमौरामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरामा बिहीबार राति करिब ८ः३० बजेतिर भएको मोटरसाइकल दुर्घटनामा परी पहिचान हुन नसकेको अन्दाजी १९ वर्षीय एक युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बा.२८ प ८७६९ नम्बरको मोटसाइकलमा सवार युवक गरुडाबाट हरसहा तर्फ जाने क्रममा आफै अनियन्त्रित भई पल्टन जाँदा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार घाईते युवकको गरुडाका हेल्थ ल्याण्ड अस्पताललमा उपचार भईरहेको छ ।