लागुऔषधसहित एक युवक प्रहरी नियन्त्रणमा

   ६ चैत्र २०७७, शुक्रबार १२:४३  

६ चैत, रौतहट । महोत्तरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय राजेश माझी रहेका प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा माझीलाई नियन्त्रणमा लिएको हो ।

सम्सीतर्फबाट जाँदै गरेका निजलाई औरही नगरपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिएको हो । लुकाई छिपाई झोलामा लिएर जादैँ गरेको अवस्थामा माझीको साथबाट २ सय ४० पिस नाइट्रोभेट ट्याब्लेट र ८ क्याप्सुल एस्पास्मो प्रोक्सीवन प्लस बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत महोत्तरीबाट ४ दिनको म्याद थप गरी पक्राउ परेका माझीलाई हिरासदमै राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।