सर्लाहीबाट २ किलो गाँजासहित एक जना पक्राउ

   ६ चैत्र २०७७, शुक्रबार १०:५०  

६ चैत, रौतहट । सर्लाहीमा २ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १४ डाइनी खोला बस्ने १९ वर्षीय सुवास मोक्तान रहेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जनाएका छन् ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका वडा नम्बर ७ मा सवारी चेक जाँच गर्ने क्रममा बसमा सबार मोक्तानलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।

मोक्तानको साथबाट झोलामा राखेको २ किलो २०० ग्राम गाँजा बरामद भएको कुँवरले जानकारी दिए । पक्राउ परेका उनलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।